Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी डिभीको आवेदन खुल्यो ,तपाई पनि भर्न सक्नुहुन्छ ,हेर्नुहोस कसरी भर्ने डिभी ?

अमेरिकी डिभीको आवेदन खुल्यो ,तपाई पनि भर्न सक्नुहुन्छ ,हेर्नुहोस कसरी भर्ने डिभी ?

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ।

डिभी भर्नका लागि आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

आफै भर्न चाहनेहरुका लागि तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर आवेदन भर्न सकिने छ। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नुपर्ने दूतावासले जनाएको छ । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ। यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना पनि समावेश गर्नुपर्ने छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ गते त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ।