Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कति थपिए कोरोना संक्रमित ? पुरा पढ्नुहोस

आज देशभर कति थपिए कोरोना संक्रमित ? पुरा पढ्नुहोस

काठमाडौँ : पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै हालसम्म मुलुकभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस दिन १ हजार १ सय १४ संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित निको भएका छन् ।

यस दिन ६ संक्रमितको मृत्यु भएको छ ।

यससँगै मुलुकभर हालसम्म ११ हजार १ सय ८० संक्रमितको मृत्यु भएको छ ।