Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजारजना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।