काठमाडौँ : इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।
दुर्घटनामा विमानमा सवार सबै (८ जना)को मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको हो।
दुर्घटनामा विमानका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
विमान ठोक्किएपछि भवनमा आगलागी भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको इटालीका अधिकारीहरुले जनाएका छन्। एजेन्सी