काठमाडौंको बालाजुमा अवस्थित सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले स्थापित संस्था मानव सहायता समुह नेपालले विभिन्न रोगसँग लडिरहेका दुईजना युवालाई आर्थिक सहयोग गरेको छ । यही असोज १६ गते काठमाडौंको शंखपार्कममा एक विशेष समारोहबीच पीडितलाई आर्थिक सहयोग गरेको हो । मानव सहायताका अध्यक्ष टिकाप्रसाद तिमल्सिनाका अनुसार आर्थिक अभावका कारण पाल्पा झिर भन्ज्याङ ७ का १६ वर्षिय रक्तरल्पताका विरामी सुमन दर्लामी र धादिङ गल्छी ५ का पक्षघातका बिरामी २९ बर्षीय अशोक तामाङलाई सहयोग हस्तान्तरण गरेको हो ।मानव सहायता समूहद्वारा १ लाख ६० हजार आर्थिक सहयोग
उक्त सहयोग रकम टिकटकमा लाइभ बसी देश तथा विदेशमा रहेका नेपालीहरुले संकलन गरी पठाएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले टिकटक लाइभमा बसेर संकलन भएको रकम समान दुवै पीडितलाई असी हजार १० रुपैयाँका दरले हस्तान्तरण गरिएको हो । उक्त रकम मानव सहायता समूह नेपालका अध्यक्ष टिकाप्रसाद तिमल्सिनाले दुवै विरामीलाई हस्तारण गर्नुभएको थियो । आर्थिक संयोजन मा बिशेष भूमिका निर्वाह गर्नुहुने तुलसा तिमल्सिना सुरेश लामा सागर उप्रेती र लाइभ होस्टर मन्जु ढकाल लाइ बिशेष धन्यवाद दिनु भयो उक्त कार्यक्रममा संस्था सम्पूर्ण पदाधिकारी, सदस्य तथा महानुभावहरुको उपस्थिति रहेको थियो ।