Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इक्वेडोरको जेलमा भएको आत्मघाती दंगामा परी मर्ने कैदीको संख्या ११६ पुग्यो

इक्वेडोरको जेलमा भएको आत्मघाती दंगामा परी मर्ने कैदीको संख्या ११६ पुग्यो

काठमाडौँ : दक्षिण अमेरिकी मुलुक इक्वेडोरको जेलमा दुई समुहबीच भएको आत्मघाती दंगामा परी मर्ने कैदीको संख्या ११६ पुगेको छ। ग्वायाकिल जेलमा भएको दंगामा बिहीबारसम्म मर्नेहरुको संख्या ११६ पुगेको छ भने ८० भन्दा बढी कैदी गम्भीर घाइते भएका छन्।

मंगलबार राती दुई समुह अर्थात् मेक्सिकन ड्रग्स कार्टेल ‘लोस लोबोस’ र ‘लोस कोनेरोज’ बीच जेलभित्र ठुलो दंगा भएको थियो। सो दंगामा पाँच कैदीको टाउको काटिएको अधिकारीहरुले बताएका छन्।

सो दंगापछि इक्वेडोरका राष्ट्रपति ग्यालिर्मो ल्यास्सोले बुधबार साँझदेखि जेल प्रणालीमा आपत्कालीन संकटको घोषणा गरेका छन्। सो दंगालाई उनले इक्वेडोरको जेलभित्र भएको इतिहासकै खराब रक्तपात भनेका छन्।

सो घटनापछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सैनिक परिचालन गरिएको छ। यसअघि फेब्रुअरीमा जेलभित्र भएको दंगामा ७९ कैदीको मृत्यु भएको थियो। करिब ३० हजार कैदी क्षमता भएको सो जेलभित्र ३९ हजार कैदी राखिएको बताइएको छ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् ।

उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिए । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ ।

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए।

गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।