Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा देशभर थपिए ११५७ जना कोरोना संक्रमित !!

पछिल्लो २४ घण्टामा देशभर थपिए ११५७ जना कोरोना संक्रमित !!

काठमाडौँ : पछिल्लो २४ घन्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ नमूना परीक्षणमध्ये ८९२ पीसीआर र २६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख ८५ हजार ५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १२३ पुगेको छ ।

मन्त्रालयका अनुसार थप एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ ।

हाल मुलुकभर १८ हजार १९३ सक्रिय संक्रमित छन् ।