Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोरोना संक्रमितको संख्या एकै दिन १८ हजार

भारतमा कोरोना संक्रमितको संख्या एकै दिन १८ हजार

काठमाडौँ : भारतमा पछिल्लो २४ घन्टामा थप १८ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख १६ हजार ४५१ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३७८ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ७५१ पुगेकाे छ ।

यही अवधिमा २८ हजार १७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २९ लाख ८६ हजार १८० जना संक्रमणमुक्त भइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

भारतमा हालसम्म ८७ कराेड ६६ लाख ६३ हजार ४९० डाेज भ्याक्सिन लगाइसकिएकाे छ।