Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कोरोना संक्रमितको संख्या कति ? पुरा पढ्नुहोस

आज देशभर कोरोना संक्रमितको संख्या कति ? पुरा पढ्नुहोस

काठमाडौँ : पछिल्लो २४ घन्टामा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ नमूना परीक्षणमध्ये ९०४ पीसीआर र २५४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख ८४ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १२५ पुगेको छ ।

मन्त्रालयका अनुसार थप एक हजार ३१८ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।

हाल मुलुकभर १८ हजार ४२२ सक्रिय संक्रमित छन् ।