Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि काठमाडौंको यी केन्द्रहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लगाइँदै !!

आजदेखि काठमाडौंको यी केन्द्रहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लगाइँदै !!

काठमाडौं: काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाको पहिलो मात्रा दिइदैछ। महानगरपालिकाका अनुसार काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिने छ ।

खोप लगाउन बाँकी १८ वर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो । खोप कार्यक्रम बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘खोप लगाउन जाँदा परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नं.सहित नजिकको खोप केन्द्रमा गइ भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरी खोप लगाउन हुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ।’