Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज विदेशी मुद्राको विनिमय दर: कुन बढ्यो, कुन घट्यो हेर्नुहोस्

आज विदेशी मुद्राको विनिमय दर: कुन बढ्यो, कुन घट्यो हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११७.८९ रुपैयाँ र खरिद दर ११७.२९ रुपैयाँ कायम भएको बताएको छ । यसैगरी, आज एक यूरोको बिक्री दर १३९.४९ र खरिद दर १३८.७८ रुपैयाँ तोकिएको छ ।

यसका साथै, एक पाउण्डको बिक्री दर १६३.०२ रुपैयाँ कायम हुँदा खरिद दर १६२.१९ तथा स्वीस फ्र्यांकको बिक्री १२८.६२ र खरिद १२७.९६ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । यस्तै, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७.९३ रुपैयाँ र खरिद ८७.४८ मा भइरहँदा १० जापानी येनको बिक्री १०.७९ र खरिद १०.७४ रुपैयाँ कायम भएको छ ।

यस्तै, चिनियाँ युआनको बिक्री १८.३३ र खरिद १८.२४ तथा साउदी रियालको बिक्री ३१.४३ र खरिद ३१.२७ कायम भएको छ । कतारी रियालको बिक्री ३२.३८ रुपैयाँमा हुँदा खरिद ३२.२१ रुपैयाँ, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.१० र खरिद ३१.९३ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.३५ र खरिद २८.२० रुपैयाँमा भइरहेको छ ।