Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चीनमा ६ रेक्टर स्केलको भूकम्प, घर भत्किँदा २ जनाको निधन उद्धार कार्य जारी

चीनमा ६ रेक्टर स्केलको भूकम्प, घर भत्किँदा २ जनाको निधन उद्धार कार्य जारी

एजेन्सी- चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ । भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको निधन भएको छ भने कैयौं घाइते भएको जनाइएको छ । भूकम्पपछि उद्धार कार्य जारी छ ।

सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ घर भत्किएका छन् ।भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ । पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ । मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो ।