Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुलुकभर आज थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टी !!

मुलुकभर आज थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६६० जना कोरोनामुक्त भए, यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख १३ हजार १८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

हाल ४ सय ५८ जनाको आइसियु र १ सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ९ सय ५८ जना रहेको छ ।