काठमाडौँ :मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ९ हजार ७ सय ६७ जना र एन्टिजेनबाट ३६८८ जनाको परीक्षण भएको छ।
मन्त्रालयका अनुसार ९ हजार ७६७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५९ हजार ५३५ पुगेको छ ।
त्यस्तै दुई हजार १६१ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १६१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ४५५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख ९० हजार ३२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।