Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ६९ ले ज्यान गुमाए !!

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ६९ ले ज्यान गुमाए !!

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ८ सय ७५ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या तीन करोड ३० लाख ९६हजार ७ सय १८ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ सय ६९ ले ज्यान गुमाएका छन् । योसँगै भारतमा चार लाख ४१ हजार ४ सय ११ संक्रमितको मृत्यु भईसकेको छ ।

सोही अवधिमा भारतमा संक्रमणमुक्त भएका ३९ हजार एक सय १४ सहित तीन करोड २२ लाख ६४ हजार ५१ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हाल तीन लाख ९१ हजार २ सय ५६ सक्रिय संक्रमित रहेका छन् ।