बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।
अक्षय कुमारले ट्विट गरेर आमाको निधन भएको जानकारी दिएका छन्। आमाको निधनले आफूलाई असह्य पीडा दिएको उनले बताएका छन्। अरुणा केही समयदेखि बिरामी थिइन्। मुम्बईको हिरानन्दानी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’
अक्षयको जन्मदिन सेप्टेम्बर ९ तारिखमा हो । अक्षयको जन्मदिन भन्दा एक दिन अगाडि उनकी आमाको निधन भएको छ । अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था विग्रिएपछि अक्षय बेलायतबाट चलचित्र ‘सिन्ड्रेला’को छायांकन छाडेर भारत फर्किएका थिए ।
अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’
अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अक्षयले आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न निर्मातालाई आग्रह गरेका छन् । आफू आवश्यक नहुने दृश्यको छायांकन जारी राख्न उनले निर्मातालाई आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षयको साथमा ९ वटा प्रोजेक्ट छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।