काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३० लाख ५८ हजार ८४३ पुगेको छ ।
सोही अवधीसम्म भारतमा २९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ लाख ४१ हजार ४२ पुगेको छ ।
यस्तै, भारतमा ३ करोड २२ लाख २४ हजार ९३७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४२ हजार ९४२ जना कोरोना मुक्त भएका हुन् । हाल भारतमा ३ लाख ९२ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५ लाख २६ हजार ५६ जनामा कोरोना परीक्षण भएको छ भने हालसम्म ५३ करोड ३१ लाख ८९ हजार ३४८ जनाको कोरोना परीक्षण भइसकेको छ ।
भारतमा अहिलेसम्म ६९ करोड ९० लाख ६२ हजार ७७६ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।