काठमाडौँ :विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ९८ हजार ६ सय ९० कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड १९ लाख ५३ हजार १ सय ३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख ८८ हजार २ सय ९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८७ हजार ४ सय ७० कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर १९ करोड ८५ लाख ४१ हजार ५ सय ६५ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ६६ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ८ लाख ६५ हजार ७ सय ९४ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड १३ लाख ३५ हजार २ सय ७८ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ८३ हजार ८ सय ६६ पुगेको छ भने संक्रमितको संख्या २ करोड ८ लाख ९९ हजार ९ सय ३३ पुगेको छ ।