Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज काठमाडौंका यी ८ ठाउँमा कोभिड खोप लगाइँदै ,तपाई पनि नजिकको केन्द्रमा गई लगाउनुहोस खोप !!

आज काठमाडौंका यी ८ ठाउँमा कोभिड खोप लगाइँदै ,तपाई पनि नजिकको केन्द्रमा गई लगाउनुहोस खोप !!

काठमाडौं- काठमाडौंमा आज विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा पहिलो र दोस्रो डोजको खोप लगाइने छ।

प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोप र सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा दिइने छ।

यस्तै समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने छ।