काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। आइतबार पनि कोरोनाबाट २० जनाले ज्यान गुमाएका थिए।
नेपालमा थप १ हजार ८९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको परीक्षण गर्दा करिब १९ सयमा संक्रमण देखिएको हो।
यस्तै, १ हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ९७३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार २३२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ५५ लाख ७३ हजार ४१९ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन्। यस्तै, ४९ लाख ६२ हजार ७५९ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।
मन्त्रालयका अनुसार ५१२ जनाको आइसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १,०७,२३२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यो ९४.६ प्रतिशत हो । हाल सक्रिय संक्रमितको संख्या ३,०९७३ रहेको छ। यस्तै मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ रहेको छ ।