काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।
थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, ३ हजार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ। अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।