काठमाडौँ : भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।
याे अवधिमा ३३ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने ४६० जनाकाे मृत्यु भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएकाे छ ।
याेसँगै भारतमा अहिलेसमम्म काेराेना संक्रमित हुनेकाे संख्या ३ कराेड २८ लाख १० हजार भन्दा धेरै पुगेकाे छ ।
संक्रमणमुक्त हुनेकाे संख्या ३ कराेड १९ लाख ३३ हजार भन्दा धेरै हुँदा ४ लाख ३९ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
अहिले भारतमा ३ लाख ७८ हजार भन्दा केही धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।