Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा फेरि बढ्यो संक्रमण ,एकै दिन ४४ हजार भन्दा बढि संक्रमित !!

भारतमा फेरि बढ्यो संक्रमण ,एकै दिन ४४ हजार भन्दा बढि संक्रमित !!

काठमाडौँ : भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा फेरि ह्वात्तै वृद्धि भएको छ। दैनिक संक्रमितको संख्या २५ हजारभन्दा कम पुगिसकेको भारतमा पछिल्लो दुई दिनयता ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्।

पछिल्लो २४ घण्टामा भारतभर ४४ हजार ६५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पहिचान भएका संक्रमित मध्ये ३० हजार संक्रमित केरलामा भेटिएका हुन्। दोस्रो लहरको समयमा संक्रमण दर नियन्त्रण गर्न सकेको केरलामा अहिले संक्रमण दरमा ह्वात्तै वृद्धि भएको हो।

एएनआइका अनुसार ३२ हजार ९८८ जना संक्रमण मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४४ हजार ८९९ पुगेको छ।

संक्रमणका कारण थप ४९६ जनाको मृत्यु भएको छ। यी मध्ये केरलामा १६२ जनाको मृत्यु भएको छ। यससँगै भारतभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ८६१ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ लाख ४८ हजार ४३९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ६१ करोड २२ लाख ८ हजार ५४२ जनाले खोप लगाइसकेका छन्।