Shares
Shares
काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्। घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ।
मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्। अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।
इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्। अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ।
बाइडनले आक्रमणको बदला लिने वाचा गरेका छन्। बिहीवारको घटनामा १३ जना अमेरिकी सुरक्षा अधिकारीहरू मारिएका थिए। समाचार संस्था रोयटर्सका अनुसार इस्लामीक स्टेटले आत्मघाती आक्रमणकारीले "अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू" लाई निसाना बनाएको बताएको छ।
अमेरिकी केन्द्रीय कमान्डका प्रमुख जेनेरल केनीथ मकेन्जीले गोली प्रहारपछि विस्फोटन भएको तर अफगानिस्तानको सत्तामा आएको नयाँ शक्ति तालिबानले त्यो घटना हुन दिएको हुनसक्ने कुनै पनि किसिमको सङ्केत आफूले नदेखेको बताएका छन्।
तालिबानका एक जना प्रवक्ताले आफूहरूले काबुल विमानस्थलमा ठूलो भिड जम्मा हुँदा सुरक्षामा पर्न सक्ने प्रभावबारे पहिले नै चेतावनी दिएको जनाएका छन्।
पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।
पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए ।
त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो ।
यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे ।
स्रोत : बिबिसी
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209