Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमण मुक्त !!

पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमण मुक्त !!

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।