Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा भारतमा थप ६०७ संक्रमितले ज्यान गुमाए !!

पछिल्लो २४ घण्टामा भारतमा थप ६०७ संक्रमितले ज्यान गुमाए !!

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ६ सय ७ सहित कुल ४ लाख ३६ हजार ३ सय ६५ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार १ सय ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १७ लाख ८८ हजार ४ सय ४० पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ३३ हजार ७ सय २५ रहेको छ ।

भारत सरकारले हालसम्म ६० करोड ३८ लाख ४६ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० कराेड ३८ लाख ४६ हजार ४७५ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।