काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ ।
भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ८५ जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३४ हजार ७ सय ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय २० जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २४ लाख ४८ हजार ९ सय ६९ पुगेको छ ।
यस्तै भारतमा हालसम्म ३ करोड १६ लाख ७३ हजार १ सय ३ कोरोना संक्रमित निको भइसकेका छन् ।