Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपलमा आज थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टी !!

नेपलमा आज थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौं : नेपालमा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ९२० जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ४४३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७०२ र तीन हजार ७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो ।

९ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। देशभर कोभिड १९ संक्रमणका कारण हालसम्म १० हजार ५०९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १८ हजार ३२२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म ४९ लाख ४२ हजार २५० जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। यस्तै, ३८ लाख ४६ हजार ७३६ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।