Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा भारतमा थप ३१ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा भारतमा थप ३१ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : भारतमा थप ३१ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ४३ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख २३ हजार ५४९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६० हजार १५० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ३९९ पुगेको छ ।