Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख नाघ्यो !!

भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख नाघ्यो !!

काठमाडौं : भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ६ सय २२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ५८ हजार २ सय १० पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ८ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १५ लाख ५४ हजार १ सय ३२ कोरोना संक्रमित निको भइसकेका छन् ।