Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकामा बढ्यो संक्रमितको संख्या , एकैदिन १ लाख ५८ हजारमा कोरोना संक्रमण पुष्टि !!

अमेरिकामा बढ्यो संक्रमितको संख्या , एकैदिन १ लाख ५८ हजारमा कोरोना संक्रमण पुष्टि !!

काठमाडौँ : अमेरिकामा कोरोना संक्रमित र मृत्युु दर बढ्दै गएको छ । विश्बमा कोरोना संक्रमित र मृत्युदरको आधारमा अमेरिका पहिलो देशमा रहेको छ भने दोस्रो देशमा भारत रहेको छ ।

वोल्डोमिटरका अनुसार बुधबारमात्र अमेरिकामा १ लाख ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८० लाख ७२ हजार नाघेको छ ।

यस्तै अमेरिकामा कोरोना संक्रमणका कारण बुधबार १ हजार ५५ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ४१ हजार ३४६ पुगेको छ ।

अमेरिकामा बुधबार ४९ हजार ३०१ जना कोरोना मुक्त भएका छन् ।यो सँगै अमेरिकामा कोरोनामुक्त हुनेको संख्या ३ करोड ३् लाख ४१ हजार ८८६ पुगेको छ ।

अमेरिकामा हाल ७ लाख ८९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा पुरै जनसंख्याको ५१.२ प्रतिशत अथार्त १६ करोड ८८ लाख ९७ हजार बढीले कोरोना खोप लगाइसकेका छन् ।