Shares
Shares
काठमाडौँ : भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।
डब्लुएचओका अनुसार ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेका हुन्।
डब्ल्यूएचओले विज्ञप्ति जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो। विज्ञप्ति अनुसार कोभिसिल्ड निर्माता सेरम इन्लेस्टिच्युटले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको छ।
डब्ल्यूएचओले नक्कली खोपले ‘विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने,’ चेतावनी दिएको छ। सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ।
भारतीय सरकारले यसबारे औपचारिक धारणा राखेको छैन। तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।
‘हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,’ मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उदृत गरेको छ।
कोभिसिल्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ।
सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो। तर एप्रिल र मेमा भारतमा खतरनाक कोभिड महामारी फैलिएपछि यसको निर्यातलाई भारत सरकारले रोकेको थियो जुन अहिलेसम्म कायम छ।
सेरमले पनि प्राथमिकतामा भारत रहेको भन्दै यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने बताएको छ। नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ।
कोभिडबाट सबैभन्दा प्रभावित दोस्रो देश भारतले यो वर्षको अन्त्यसम्म सबै योग्य नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ। तर जनावरीदेखि अहिलेसम्म त्यहाँ १३ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रा खोप पाएका छन्।
भारतमा हाल तीन लाख ६७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् र अहिलेसम्म चार लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
बुधवार भारतमा थप ३५,१७८ जनामा सङ्क्रमण पुष्टि भयो भने ४४० जनाको मृत्यु भयो। त्यहाँ अहिलेसम्म तीन करोड २२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन्।
श्रोत : बिबिसी
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209