Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाललाई चीनले थप १६ लाख डोज ‘भेरोसेल’ खोप अनुदान दिने !!

नेपाललाई चीनले थप १६ लाख डोज ‘भेरोसेल’ खोप अनुदान दिने !!

काठमाडौं : सरकारले चीनबाट थप १६ लाख डोज खोप ल्याउने भएको छ। चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो।

दुई दिनमा १६ लाख डोज खोप ल्याउने तयारीका साथ निगमको जहाज बुधबार बिहान ११ बजे चीन जाने तालिका रहेको छ। बुधबार ८ लाख र विहीबार ८ लाख गरी १६ लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो।

बुधबार गएको जहाज राती १२ बजे फर्कने तालिका रहेको छ । बिहीबार बिहान ७ बजे गएर राती ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ।

केही समय अघि प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएकी थिइन् । सोही खोप बुधबार(आज) र बिहीबार (भोलि)को उडानमा आउन लागेको हो।

चीनले यसअघि पनि दुईपटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।