काठमाडौँ : पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३७ हजार ९२७ जना संक्रमणमुक्त भएका छन्।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १९ लाख २३ हजार ८ सय ६३ कोरोना परीक्षणमध्ये ३७ हजार ९ सय २७ मा संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या तीन करोड २१ लाख ९२ हजार ५ सय ७६पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका चार सय ९३ सहित भारतमा कोरोनाका कारण चार लाख ३१ हजार २ सय २५ ले ज्यान गुमाईसकेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३७ हजार ९ सय २७ सहित भारतमा कुल तीन करोड १३ लाख ७६ हजार १५ संक्रमणमुक्त भईसकेका छन् ।
भारतमा हाल तीन लाख ८५ हजार ३ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा हालसम्म ५४ करोड ३८ लाख ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।