Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अबको पाँच महिनामा नेपालमा कति थपिन्छन त कोरोना संक्रमित ? यस्तो छ अध्ययन !!

अबको पाँच महिनामा नेपालमा कति थपिन्छन त कोरोना संक्रमित ? यस्तो छ अध्ययन !!

नेपालमा आगामी ५ महिनाभित्र थप १ लाख ९३ हजार कोरोना संक्रमित थपिने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ।

प्रतिनिधिभासको बिहीबार बसेको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा सरकारका तर्फबाट बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ यसबारेमा जानकारी दिएका हुन्। उनले कोरोनाको तेस्रो लहर अझै खतरनाक र बालबालिकालाई घातक हुने भन्दै सामाजिक सुरक्षाका मापदण्डलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए।

'आगामी ५ महिनामा १ लाख ९३ हजार नेपाली संक्रमित हुने अवस्था छ। तिनमा ३८ हजार अस्पताल भर्ना हुनेछन्', उनले थपे, 'तीमध्ये ९ हजारलाई सघन उपचार कक्षको आवश्यकता पर्नेछ।'

मन्त्री श्रेष्ठले अहिलेसम्म १० हजार १८० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका पनि जानकारी दिएका छन्।