काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९ हजार ६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ९८७ पुगेको छ।
दुईदिनमा भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बुधवार भारतमा ३८ हजार ३५३ जनामा कोभिड १९ संक्रमण देखिएको थियो भने मंगलवार भारतमा १४७ दिनपछि सबैभन्दा कम २८ हजार २०४ जनामा संक्रमण देखिएको थियो।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ संक्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ संक्रमित थपिएका थिए ।
केही दिन अगाडिसम्म दैनिक संक्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक संक्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।