Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा थप २ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा थप २ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर २ हजार ६१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

यस्तै एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणबाट ३ हजार ४८१ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार १८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।