Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा थप ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टी

भारतमा थप ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौँ : पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ४९९ जना व्यक्ति कोरोना संक्रमित भएक छन्। ३९ हजार ८६६ संक्रमित निको भएका छन्। भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय कोरोना संक्रमित रहेका बताइएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति कोरोना संक्रमित भएका छन्। तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको निधन भएको छ। पछिल्लो २४ घण्टामा ४४७ संक्रमितको मृत्यु भएको छ।