Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि यी केन्द्रहरुमा लगाइदै छ दोस्रो डोजको एस्ट्राजेनेका खोप !!

आजदेखि यी केन्द्रहरुमा लगाइदै छ दोस्रो डोजको एस्ट्राजेनेका खोप !!

काठमाडौं : सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ। कोभिडविरुद्धको एस्ट्राजेनेकाको खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई मात्र खोप प्रदान गरिनेछ। सोहीअनुसार खोप अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत स्वास्थ्य कार्यालयले दिएको छ । खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ।

https://laligurash.com/wp-admin/media-upload.php?post_id=42885&type=image&TB_iframe=1