Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा फैलिदै ,एकै दिन ३९ हजार भन्दा बढि संक्रमित !!

भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा फैलिदै ,एकै दिन ३९ हजार भन्दा बढि संक्रमित !!

काठमाडौँ : भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ४९१ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८६२ पुगेको छ।

यही अवधिमा ४३ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख ६ हजार ८२२ सक्रिय संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५० कराेड ६८ लाख डाेज खाेप लगाइसकिएकाे छ ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।