Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकै दिन ३७ जनाको मृत्यु , कति थपिए कोरोना संक्रमित ? पढ्नुहोस !!

एकै दिन ३७ जनाको मृत्यु , कति थपिए कोरोना संक्रमित ? पढ्नुहोस !!

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।