काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६२५ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। मंगलबार ३० हजार ५४९ जना कोभिड १९ संक्रमित थपिएका थिए।
पछिल्लो केही समययता भारतमा फेरि संक्रमण दर बढ्दै गएको छ। जसकारण राज्यहरुले क्षेत्र छुटाएर लकडाउन र प्रतिबन्धात्मक आदेशहरु जारी गरेका छन्।
यस्तै, ३६ हजार ६६८ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा कूल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख १० हजार ३५३ पुगेको छ।
कोभिड १९ संक्रमणका कारण थप ५६२ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ करोड १७ लाख ६९ हजार १३२ जनामा संक्रमण पुष्टि भइसक्दा ४ लाख २५ हजार ७५७ जनाको निधन भइसकेको छ।