Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या

काठमाडौँ– हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

उनको हत्याबारे विस्तृत विवरण आउन बाँकी छ।