Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुल्मीमा पुरै गाउँ कोरोनाले थालियो, यतिधेरै कोरोना संक्रमण

गुल्मीमा पुरै गाउँ कोरोनाले थालियो, यतिधेरै कोरोना संक्रमण

गुल्मी : कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।

संक्रमित सबैको अवस्था सामान्य रहेको थापाले बताए। एउटै टोलमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको उनको भनाइ छ। संक्रमितहरु होम आइसोलेसनमा छन्। संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन्।

सोही टोलका जेठ १ गते ५१ वर्षीय पुरुष र ५६ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको थियो। गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ। सक्रिय संक्रमितको संख्या एक हजार १०८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।