Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाको खोप लगाउनेलाइ १० लाखको चिट्ठा!यस्तो छ प्रक्रिया

कोरोनाको खोप लगाउनेलाइ १० लाखको चिट्ठा!यस्तो छ प्रक्रिया

५ जेठ, काठमाडौं । गरिब मुलुकहरु कोरोना खोप अभावमा छटपटाइरहेका बेला धनी मुलुकहरुलाई भने बेग्लै तनाव छ । अमेरिका, बेलायत लगायतका धनी देशहरु आफ्ना नागरिकलाई चाहिने भन्दा निकै धेरै खोप थुपारेर त बसिरहेका छन्, तर उनीहरुको नागरिकले खोप लगाउन नमानेर सरकार हैरान छ ।

अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएनन् । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।

कोरोना खोपप्रति नागरिकले यस्तो चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ ।नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर (झण्डै १०–१० करोड नेपाली रुपैयाँ) पुरस्कार जित्नेछन् ।

सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।

मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरु जसले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन, उनीहरु यो चिठ्ठा अभियानमा सहभागी हुन सक्ने एनबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।