Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना लागेपछि अस्पतालबाट कलाकार सरिता लामिछानेको श्रीमानले लेखे सारा नेपालीलाइ रूहाउने स्टाटस

कोरोना लागेपछि अस्पतालबाट कलाकार सरिता लामिछानेको श्रीमानले लेखे सारा नेपालीलाइ रूहाउने स्टाटस

निर्देशक ऋषि लामिछाने कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएको एक सातासम्म होम आइसोलेसनमा बसेका ऋषि निमोनिया देखिएपछि ४ दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।ग्रान्डी अस्पतालमा उपचार गराइरहेका लामिछानेले निकै भावुक स्टाटस लेखेका छन् । उनले कहिले काहीँ मृत्युभन्दा जीवन असहज लाग्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज अस्पतालको बसाइको चौथो दिन । कोठाको ४ वटा भित्ताले घरी-घरी पीडा दिइरहेका छन् । असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पूरा जीवन दुखेको छ । अस्ति-अस्ति शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नवौं तलाबाट बाहिर हेर्दै चिच्याई-चिच्याई कराउन मन लागेको छ ।’

निर्देशक लामिछानेसँगै उनकी पत्नी कलाकार सरिता लामिछाने तथा छोरीलाई पनि कोरोना संक्रमण भएको थियो । अहिले सरिता लामिछाने र छोरी कोरोना मुक्त भई घरमै आराम गरिरहेका छन् ।