Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अरुको सेवामा खटिएका २ प्रहरीलाइ कोरोनाले लियो ज्यान,पाँच सय संक्रमित

अरुको सेवामा खटिएका २ प्रहरीलाइ कोरोनाले लियो ज्यान,पाँच सय संक्रमित

काठमाडौं । दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । यसबीचमा दुईजनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गर्न मानेको छैन । पहिलो चरणमा संक्रमणमा ६ जना प्रहरीले ज्यान गुमाएका थिए । यो सँगै कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको संख्या ८ पुगेको छ ।

बिर्तामोड — कोरोना संक्रमणबाट झापाको भद्रपुर नगरपालिकामा बुबा र छोराको मृत्यु भएको छ । परिवारका अन्य १० जना संक्रमित छन् । भद्रपुर–४ महेशपुरका ७६ वर्षीय सुरेनचन्द्र राजवंशी र उनका ४८ वर्षीय छोरा अनुपसिंहको मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छोरा अनुपसिंहलाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।

उनको मृत्युको तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीबाहेक परिवारका अन्यमा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये बुबा ७६ वर्षीय सुरेनचन्द्रको मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीय पुकारचन्द्र राजवंशीले जानकारी दिए ।