Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निको भएर फर्कन्छु भनेर अस्पताल गएका नायिका श्वेता भट्टराईको श्रीमान कोरोनाले सधैको लागि लग्यो

निको भएर फर्कन्छु भनेर अस्पताल गएका नायिका श्वेता भट्टराईको श्रीमान कोरोनाले सधैको लागि लग्यो

काठमाडौँ । अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको कोरोनाको कारण मंगलबार निधन भएको हो । सापकोटाको निधन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।