Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाले थालिएपछि बल्ल चिन बोल्यो नेपालको लागि,के अब भारतको साथ् न चाहिनेनै हो?पढ्नुहोस

कोरोनाले थालिएपछि बल्ल चिन बोल्यो नेपालको लागि,के अब भारतको साथ् न चाहिनेनै हो?पढ्नुहोस

बेइजिङ । नेपालमा फैलिएको कोरोना महामहारी नियन्त्रण र रोकथामका लागि चीनले सक्दो सहयोग गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले कोभिड१९ महामारीविरूद्धको लडाईमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त महामारी विरूद्धका लागि आवश्यक सामग्रीको जति सक्यो छिटो पठाउने तयारी भै रहेको पनि बताउनु भयो । प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको बताउनु भयो ।

प्रवक्ता वनपिनले भन्नुभयो हामी विश्वास गर्दछौँ कि नेपाल सरकारको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाली जनताले चाँडै नै महामारीलाई जित्न सक्ने छन् र सामान्य जीवनयापन तर्फ छिटै फर्कने छन् ।

प्रवक्ता वनपिनले महामारीलाई परास्त गर्ने सम्बन्धमा चिनियाँ विदेश मन्त्रीले आयोजना गरेको भिडियो सम्मेलनमा नेपाली परराष्ट्र मन्त्रीसँग नेपाललाई महामारीविरूद्ध नयाँ खेपको सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभएको थियो ।