Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा फेरी नयाँ रेकर्ड : सङ्क्रमितको संख्या २ करोड नजिक, निधन हुनेको संख्या अहिले सम्मकै उच्च

भारतमा फेरी नयाँ रेकर्ड : सङ्क्रमितको संख्या २ करोड नजिक, निधन हुनेको संख्या अहिले सम्मकै उच्च

एजेन्सी - छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको सुनामी नै गइरहेको छ । प्रतेक दिन विश्वमा नयाँ रेकर्ड बनाइ रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्र थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा लगातार आठौँ दिन पनि सङ्क्रमितको संख्या ३ लाख नाघेको छ । यो सँगै भारतमा सङ्क्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ । साथै एकैदिन ३६ सय ४७ सङ्क्रमितको निधन भएको छ ।

संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा निधन हुनेको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४ हजार ८१२ पुगेको छ । यस्तै भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या ३० लाख ८५ हजार ८ छ । यसैबीच निधन हुनेको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।